Rule 24
केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) अन्तर्राष्ट्रिय बीउ परीक्षण संस्थाबाट पारित कार्यविधिको आधारमा बीउ बिजन परीक्षण सम्बन्धी कार्यविधि तयार गर्ने ।
(ख) नेपाल सरकारले तोके बमोजिमको सेवा शुल्क लिई बीउ बिजनका नमूनाहरूको शुद्धता, उम्रने शक्ति, चिस्यान, स्वस्थ र ओजस परीक्षण गर्ने ।
(ग) खण्ड (ख) बमोजिम परीक्षणको नतिजा समयमा नै सम्बन्धित पक्षलाई अनुसूची–१४ बमोजिमको ढाँचामा उपलब्ध गराउने ।
(घ) बीउ बिजनका नमूनाहरूको विश्लेषण प्रतिवेदन अद्यावधिक राख्ने ।
(ङ) बीउ बिजन परीक्षण प्रयोगशालाको कार्यमा एकरुपता कायम गर्न प्रयोगशालामा मध्यस्थ नमूना (प्रोफिसियन्सी स्याम्पल) पठाउने ।
(च) परीक्षणको लागि प्राप्त नमूनाको गार्ड स्याम्पल परीक्षण पश्चात कम्तीमा एक वर्षसम्म बीउ बिजनको गुणस्तरमा असर नपर्ने गरी सुरक्षित साथ भण्डार गर्ने ।
(छ) समिति र केन्द्रबाट प्राप्त निर्णय, सुझाव तथा निर्देशनहरू कार्यान्वयन गर्ने, गराउने ।